प्रचण्डजीसँग दूरी बढेको छैन, सम्भावना पनि छैन : प्रधानमन्त्री ओली

प्रचण्डजीसँग दूरी बढेको छैन, सम्भावना पनि छैन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी बढेको भन्ने समाचारको खण्डन गरेका छन्  । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग बोल्दै प्रचण्डसँगको आफ्नो दूरी बढेको अस्वीकार गरका हुन् ।

उनले अध्यक्ष प्रचण्डसँगको आफ्नो दूरी बढ्ने अवस्था नभएको बताउँदै यो कहिल्यै सम्भव नहुने बताए । ‘काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो । प्रचण्ड जीसँगको दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन’ उनले भने, जनतामा भ्रम फैलाउन खोजियो ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको भन्ने खबरहरु चर्चामा आएका छन् ।