उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, के–के कागजात चाहिन्छ ?

उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, के–के कागजात चाहिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ ।

सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन हुनेछ । मुख्य राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसकेका छन् ।

बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ । निर्वाचन कार्य तालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । कात्तिक २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ ।

उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ । ३७ जिल्लाका तोकिएका क्षेत्र र स्थानीय तहमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचनमा यसअघि भाग लिइसकेका ८५ वटा पुरानै दल सहभागी हुँदैछन् । यस्तै, १६ वटा नयाँ दलले पनि निर्वाचनमा सहभागिता जनाउनेछन् ।

स्थानीय तहको हकमा मनोनयन कात्तिक २७ गते हुनेछ ।

मनोनयन दर्ता गर्न के–के कागजात चाहिन्छ ?

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।

(२) अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

(३) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।

(४) प्रतिनिधि सभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि पाँच हजार रुपैयाँ धरौटी ।

(५) मतदाता नम्बर

(६) सम्पत्ति विवरण

(क) घर सङ्ख्या

(ख) घर रहेको स्थान

(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)

(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वा्चित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।