अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने, गर्भवती भए ६० दिन बिदा 

अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने, गर्भवती भए ६० दिन बिदा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन। बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन्। बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन।

कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ।याे खबर कान्तिपुर दैनिकमा छ ।