एमाले सचिवालयबाट पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकृत

एमाले सचिवालयबाट पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि तयार पारिएको प्रतिवेदन स्वीकृत गरेको छ ।

पार्टी सचिवालयको आईतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्दै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

कार्यदलले ४ महिनाको अध्ययन तथा छलफलपछि तयार पारेको प्रतिवेदन उपाध्यक्ष थापाले सचिवालय बैठकमा पेश गरेका थिए । बैठकले प्रतिवेदनलाई सर्वसम्मत रूपमा स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको विषयलाई मात्रै प्रतिवेदनको अन्तिम रूप दिइएको जनाइएको छ । ४ महिना लगाएर तयार पारिएको प्रतिवेदन कार्यदलले सर्वसम्मत रूपमा बुझाएको र सचिवालयले त्यसलाई ग्रहण गरेको उनले बताए ।