दूतावास अगाडि विद्यार्थीले जलाए भारतको नक्सा

दूतावास अगाडि विद्यार्थीले जलाए भारतको नक्सा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले जारी गरेकोे नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भन्दै आज (शुक्रबार) पनि विद्यार्थीले विरोध जारी राखेका छन्।

यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।

उनीहरूले भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि जलाएका छन्। विद्यार्थीहरूले ‘लिपलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद-मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए। यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो।