भारतीय दूतावास अगाडि अनेरास्ववियूको नारा :लिपुलेक हाम्रो हो

भारतीय दूतावास अगाडि अनेरास्ववियूको नारा :लिपुलेक हाम्रो हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले जारी गरेकोे नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भन्दै विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।

शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए । शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

त्यसको केही समयपछि सोही स्थानमा अनेरास्ववियूका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।