चितवन – चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । लम्जुङका विष्णु सुनारले अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएर आत्महत्या रेका हुन् ।
लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनार शुक्रबार राती ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ ।
उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो । प्रहरीले घटनास्थलको मचुल्का उठाई अनुसन्धान सुरु गरेको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।




प्रतिक्रिया