काठमाडौं – टुँडिखेल क्षेत्र अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले टुँडिखेललाई मानव साङ्लोले घेरिएको छ । विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो ।
टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् । साँस्कृतिक झाँकीसहित सुरु भएको अभियानमा स्वतस्र्फूत रुपमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी र जनप्रतिनिधि उपस्थित थिए ।
टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताए ।
कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल हाल भवन बनाउने सामान, कामदार बस्ने ठाउँको रुपमासमेत विकसित भएको छ ।
टुँडिखेल सार्वजनिक जग्गा भएकाले पनि यसलाई रोक्न अति आवश्वय भएको श्रेष्ठ बता ए।यो अभियानलाई साथ दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।







प्रतिक्रिया