सर्वदलीय बैठकमा नेताहरुको एकै स्वर: कालापानी हाम्रो हो

सर्वदलीय बैठकमा नेताहरुको एकै स्वर: कालापानी हाम्रो हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सिमा विवादलाई सरकारले कूटनीतिक तवरबाट हल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा विवादबारे सामूहिक धारणा बनाउन शनिबार बोलाएको सर्वदलीय बैठकमा सहभागी भट्टराईले सिमा विवाद हल गर्न अहिले उपयुक्त समय भएको हुँदा सरकारले दह्रो कदम चाल्नुपर्ने सुझाव दिएको बताए ।

‘कालापानी, र सुस्ता सिमा विवाद हो भनेर दुवै पक्ष(नेपाल र भारत)ले स्वीकार गरेको छ । यो विवाद टुङ्ग्याउन विगतमा दुवै देशका परराष्ट्र सचिव नेतृत्वको कार्यदलले काम गर्दै आएको छ ।

तर, त्यसले निष्कर्षमा पुर्र्याउन सकेन, भट्टराईले भने, ‘अब प्रधानमन्त्रीले नै भारतका प्रधानमन्त्रीसँग सम्पर्क गरेर राजनीतिक तहको आयोग बनाउने र यो विवादलाई यसलाई हल गर्नुपर्छ । त्यसमा सरकारले दह्रोसँग कदम चालोस् र कूटनीतिक तवरले हल गरोस् भन्ने सुझाव दिएको छु ।’

पूर्वप्रधानमन्त्री भट्टराईले भारतसँग कुटनीतिक पहल गर्नु अघि तथ्य र प्रमाण हामीसँग हुनु जरुरी रहेको पनि बताए । ‘लिम्पियाधुरा नै महाकालीको सिमाना हो र महाकाली सुघौली सन्धीले जारी गरेको नेपालको सिमाना हो भन्ने तर्क रहँदै आएको छ । त्यो ऐतिहासिक तर्कलाई प्रमाणित गर्ने प्रमाणहरु हामीसँग दह्रो हुनुपर्र्यो । तथ्य प्रमाणका आधारमा वार्ताको माध्यमबाट हल गर्न सकिन्छ ।’याे समाचार कान्तिपुर दैनिकमा छ ।