काठमाडौं – नेपालको एक गेस्टहाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका तीन भारतीय न्यायाधीशलाई निलम्बन गर्न सर्वोच्च अदालतले बिहार सरकारलाई अनुमति दिएको छ ।
पक्राउ पर्नेमा भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश रहेका छन् । नेपालको एक गेस्ट हाउसमा नेपाल प्रहरीले छापा मार्दा ती न्यायाधीश आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए ।
नेपाल प्रहरीले उनीहरु न्यायाधीश रहेको थाहा पाएपछि छोडेपनि उनीहरुविरुद्ध पटना उच्च अदालतले छानबिन गरेको थियो । उनीहरुले छानविनका क्रममा आफुहरु नेपाल नभई भारतमै रहेको दाबी गरेका थिए । कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि भारतको सर्वोच्च अदालतले उनीहरुलाई निलम्बन गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।




प्रतिक्रिया