बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले बाजुराको गौमूल गाउँपालिका–३, माझापालीबाट पेस्तोल र विस्फोटकपदार्थसहित १६ जनालाई पक्राउ गरेको छ । रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा पेस्तोल, तीन राउन्ड गोली, फलामको खाली सकेट एक थान, २२ सय ग्राम बारुद, एउटा प्रेसरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर आठ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैँची तथा सैन्य तालिमसम्बन्धी कागजात बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।