बाल यौन दुराचारी अस्ट्रेलियन नागरिक सीआईबीको फन्दामा

बाल यौन दुराचारी अस्ट्रेलियन नागरिक सीआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दे बाल यौन दूराचारको आरोपमा एक अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ।

 

सीआईबीले काठमाडौंको ठमेल, ठैटीस्थित एक होटलको कोठाबाट अस्ट्रेलियन नागरिक वर्षी ४५ केन्डलर मार्कसलाई पक्राउ गरेको हो। र, सीआईबीले उपत्यका बाहिरबाट यौन दूराचारका लागि काठमाडौंसम्म ल्याइएका एकनेपाली नाबालकलाइृ समेत उद्धार गरेको छ।

 

अस्टे«लियन नागरिकविरुद्ध बाल यौन दूराचार र मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

 

जबर्जस्ती करणी अन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने र मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत निजलाई थप सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।