मन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी

मन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्।

अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनुुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी रहेको छ।

शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन्। ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ।याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।