आलम प्रकरण : पीडित भनिएकाहरु धमाधम बयान फेर्दै

आलम प्रकरण : पीडित भनिएकाहरु धमाधम बयान फेर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको राजपुर फरदहवामा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहसकै क्रममा पीडित भनिएकाहरुले आफूहरु पीडित नभएको भनी लिखित निवेदन दिएका छन् ।

विस्फोटमा मृत्यु भएको भनिएका सरुअठाका ओसी अख्तरका श्रीमती आमना खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीकै क्रममा बाहिर रहेको भनी निवेदन दिएकी छन्। त्यस्तै विस्फोटमा घाइते भएका भनिएका भारतीय नागरिक गौरीशंकर रामले सोमबार जिल्ला अदालत समक्ष आफू अन्य कारणले घाइते भएको भनी निवेदन दर्ता गराएका छन्।

ओसी वैदेशिक रोजगारीको क्रममा बाहिर रहेको भन्दै आमनाले अदालत समक्ष दिएको निवेदन सोमबार दर्ता गरिएको छ। त्यस्तै घाइते भारतको बैरगनियाका रामले आफू बम विस्फोटमा घाइते नभएको भनी निवेदन दर्ता गराएको अदालतका श्रेस्तादार गुणराज पराजुलीले पुष्टि गरे। ‘दुवैको निवेदन मिसिलमा समापेश भइसकेको छ,’ उनले भने, ‘यस विषयमा थुनछेकमा बहस होला।’याे समाचार कान्तिपुर दैनिकमा छ ।