अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो : विद्यार्थी र एसएसबीबीच झडप

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो : विद्यार्थी र एसएसबीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम- भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी)बीच सन्दकपुरमा शनिबार झडप भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को अगुवाइमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको थियो । अनेरास्ववियु नेता दिनेश ढकालले सन्दकपुरको दसगजामा एसएसबीले प्रवेश गर्न रोक लगाएपछि तनाव सिर्जना भएको बताए ।

‘विद्यार्थीको कार्यक्रम शान्तिपूर्ण थियो तर एसएसबीले सन्दकपुरको भ्यु–टावर प्रवेश गर्न नदिएपछि झडप भएको हो,’ उनले भने, ‘एसएसबीले भ्यु टावर प्रवेश नदिने गरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर Ïयाँकिदिएका छन् ।’ विद्यार्थीले त्यहाँ नेपालको झन्डासमेत गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झन्डा फहराएको हो । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा पुगेर युवा तथा विद्यार्थीले सीमा क्षेत्र व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । याे समाचार राजधानी दैनिकमा छ ।