वाणिज्य विभागको महानिर्देशकमा नेत्र सुवेदी नियुक्त

वाणिज्य विभागको महानिर्देशकमा नेत्र सुवेदी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदी नियुक्त भएका छन् । यसअघि भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका सुवेदी विभागमा नियुक्त भएका हुन् ।

सुवेदी २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत कालीकोट(बर्दिया, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, बाग्लुङ ( उपसचिव), सिरहा, महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) र भरतपुर महानगरपालिकामा (प्रमुख प्रसाशकिय अधिकृत) अनुभव बटुलिसकेका छन् ।

सुवेदीले वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गरेका छन् भने उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापारको स्वर्णपदक विजेता पनि हुन् ।

महानिर्देशक योगेन्द्र गौचनको अवकाशपछि रिक्त ठाउँमा सुवेदी नियुक्त भएका हुन् ।