काठमाडाैँ— सर्वोच्च अदालतले पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई दाेषी ठहर गर्दै जनही साढे ११ वर्ष कैद हुने फैसला सुनाएको छ।
न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालको फैसला उल्टाउँदै बैतडीकी पूजालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको हाे।
सजाय निर्धारणका लागि बसेको इजलासले उक्त फैसला सुनाएकाे हाे। साथै पीडित बोहोरालाई पीडकबाट ५ र राज्यबाट ५ गरी १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश अदालतले दिएको छ ।
नयाँ फौजदारी कार्यविधिअनुसार दोषी ठहर र सजाय निर्धारण एकैपटक गर्न नहुने प्रावधानअनुसार सुरुमा भट्ट र अवस्थीलाई दोषी ठहर गरेको थियाे र सजाय निर्धारण गरेकाे हो।
०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा साेही स्टुडियोको सञ्चालक सागर र उनका साथी अवस्थीको सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।




प्रतिक्रिया