प्रदेश ५ काे राजधानी कहाँ?, प्रचण्ड भन्छन्,‘नयाँ ठाउँमा पनि बनाउन सकिन्छ’

प्रदेश ५ काे राजधानी कहाँ?, प्रचण्ड भन्छन्,‘नयाँ ठाउँमा पनि बनाउन सकिन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताएका छन्।

मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै प्रचण्डले भने,  ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि विदेशमा लगानी गर्न जानु भएको छ भन्ने सुनेँ यो दुःखद कुरा हो।’

जनतालाई सहज हुने ठाउँमा प्रदेश ५ को राजधानी बनाउनुपर्ने पक्षमा आफू रहेको उनको धारणा थियो । ‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’

उनलेले तीब्र आर्थिक विकासका लागि बाँकी जीवन अर्पण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। केही समयभित्र लुम्बिनी पर्यटनको अग्रणी स्थान हुने सम्भावना रहेको भन्दै उनले आवश्यक पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उहाँले प्रतिवद्धता पनि जनाए। ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ अध्यक्ष प्रचण्डले भने।