लहानबाट अपहरणमा परेको ट्यांकर धनुषामा भेटियो

लहानबाट अपहरणमा परेको ट्यांकर धनुषामा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – सिरहाको लहानबाट चोरी भएको ट्यांकर धनुषामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने रमदैयामा ट्यांकर फेला परेको हो ।

सडक छेउमा राखिएको अबस्थामा ट्यांकर फेला परेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार ट्यांकर खाली छ ।

गत आइतबार नेपाल आयल निगमको इन्धन डिपो अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लिएर विराटनगर हिडेका ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लहानबाट बेपता पारिएको थियो ।

प्रहरीका अनुसार मध्यरातमा ७–८ जनाको समुहले चालक र सहचालकको आँखामा कालोपट्टी बाँधेर बर्दिबास र लालबन्दीको बीच जंगलमा छाडेका थिए ।

ट्यांकर चोरी भएको घटनाको छानबिन गर्न निगमले हिजो इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन समेत गठन गरेको थियो ।