लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड मृत भेटिए

लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्ड मृत भेटिएका छन् ।

स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।