काठमाडौं – मौसम पुर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको जनाएको छ ।
महाशाखाले शनिबार बिहान काठमाडौंको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको जनाएको छ । यसअघि गएको कात्तिक १० गते काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।
काठमाडौंमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै डडेलधुराको तापक्रम बिहान हिजोकोभन्दा ४ डिग्री सेल्सियस घटेको छ ।
शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको तापक्रम शनिबार बिहान ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।
यसैबीच शनिबार, आइतबार र सोमबार देशभरि कै मौसम पूर्णरुपमा नखुल्ने भएकाले अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यस्तो छ तीन दिनको मौसमी अनुमानः
मंसीर ७ गते (शनिबार)
दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदली र अन्य भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ। ।
मंसीर ८ गते (आइतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।
राती: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।
मंसीर ८ गते (आइतबार)
दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।
राती: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात देखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।




प्रतिक्रिया