काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान संघीय संसद् भवनको दक्षिण गेटअगाडि सडकमा गाडीको ठक्करबाट अन्दाजी ५०–५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको बानेश्वर प्रहरीले जनाएको छ ।
बिहान ६ बजेतिर भएको घटनालगत्तै गाडी भागेकाले उक्त गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया