बैतडीका स्कूलमा पहिलोपटक जोडियो सेनिटरी प्याड मेसिन

बैतडीका स्कूलमा पहिलोपटक जोडियो सेनिटरी प्याड मेसिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा पहिलोपटक सेनिटरी प्याड जडान गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–३ पङसेरामा रहेको महादेव माध्यमिक विद्यालयमा सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान गरिएको हो ।

महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए । गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी रानाले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला विद्यालय नआउने चलन हट्ने बताइन् । उनले भनिन्, ‘सेनेटरी प्याडको व्यवस्था नहुनु, उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरु महिनावारी भएको बेला अनुपस्थित हुने गरेकोमा अब त्यसो हुँदैन ।’

मेसिन जडान भएपछि महिनावारी भएको बेला छात्राहरु नियमित विद्यालयमा आउने विद्यालयका प्रधानाध्यापक आशा पालले बताइन् । उनले भनिन्, ‘यसले छाउपडी प्रथा अन्त्य गर्नुका साथै महिनावारी स्वच्छताका विषयमा सबैलाई जानकारी पनि हुन्छ ।’

डिलाशैनी गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र अनिरुद्र ग्रामीण सुधार केन्द्रको संयुक्त करिब एक लाख १५ हजार रुपैयाँ लगानिमा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडान भएसँगै सबै छात्रा र शिक्षिकाहरुलाई स्मार्ट कार्ड पनि वितरण गरिएको छ ।