पठाओ चालकलाई ट्राफिक प्रहरीको जरिवाना चिट !

पठाओ चालकलाई ट्राफिक प्रहरीको जरिवाना चिट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – यात्रु ओसार्ने पठाओचालकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भूले १ हजार रुपैयाँ जरिवानाका चिट काटेको हो ।

यसरी पठाओ राइडरलाई चिट काट्नु उचित नभएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताए । ‘प्रधानमन्त्री स्वयमले संचालन गर्न निर्देशन दिइसकेको कुरालाई नियम बनाएर संचालन गराउनु पर्नेमा चिट काट्नु आश्चर्यको कुरा हो,’ उनले भने ‘केही दिन अघि राइडरलाई दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएको थियो । दुव्र्यवहार गर्ने व्यक्ति पहिले पठाओमा आवद्ध ट्याक्सी चालक थिए र उनको चालचलन नराम्रो भएपछि पठाओले सस्पेन्ड गरेको थियो ।’

यात्रु लिन गएका उक्त पठाओ राइडरलाई ट्याक्सी चालकको समूहले घेरेर दुव्र्यवहार गरेपछि ट्राफिक प्रहरीले चौकी लगेका थिए । टुटल र पठाओ जस्ता राइड सेयरलाई कारवाही गर्न यातायात व्यवस्था विभागले पत्र नपठाएको र आफूहरुले पनि त्यस्तो कुनै निर्देशन नदिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए ।