मोटरसाइकल दुर्घटनामा नेकपा नेता गौतमको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेकपा नेता गौतमको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – मोटरसाइकल दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेताको मृत्यु भएको छ ।

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नम्बरको मोटरसाइकल सोमवार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

जुम्ला तातोपानी गाउँपालिका–४ का गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन् । सोमवार राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।