काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न स्वास्थ्यमन्त्री अस्पताल पुगेका छन् । शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया सकिएपछि उनलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र मुख्य सचिव लोकदर्शन रेग्मी उनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन् । प्रधनमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
शल्यक्रियापछि अहिले प्रधानमन्त्रीलाई सेन्टरको सिसियूमा राखिएको छ ।




प्रतिक्रिया