कानमा पसेको पानी निकाल्दा सावधानी नपनाए दिमागमा नोक्सानी !

कानमा पसेको पानी निकाल्दा सावधानी नपनाए दिमागमा नोक्सानी !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन – नुहाउँदा कानमा पानी पस्नु सामान्य कुरा हो । विशेषगरी पोखरीमा वा नदीमा नुहाउदाको समयमा कानमा पानी पस्ने सम्भावना धेरै हुन्छ । यसका कारण तपाईको सुन्नेमा समस्या मात्रै आउदैन कि यसले अन्य समस्या पनि ल्याउन सक्छ ।

यो समस्याले बच्चालाई बढी असर पार्न सक्छ । कानबाट पानी निकाल्दा मानिस विभिन्न किसिमका तरिका अपनाउने गर्छन् । यो मध्ये एउटा टाउको हल्लाउनु पनि रहेको छ । यदी तपाई पनि बच्चाको कानबाट यसैगरी पानी निकाल्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । किनकी यो विधि बच्चाको दिमागका लागि खतरनाक हुन सक्छ ।

अमेरिकाको भर्जिनिया शहरस्थित कर्नेल युनिभर्सिटीको अध्ययनले यो खुलासा गरेको हो । कानमा पसेको पानीले भित्र संक्रमण गर्नुका साथै कानलाई पनि नोक्सानी पु¥याउछ । तर यसलाई निकाल्ने जुन सामान्य तरिका छ यो पनि हानीकारक हुन सक्छ ।

कर्नेल विश्वविद्यालयका अनुज बास्कोटाले भने, ‘हाम्रो अनुसन्धान यो कुरामा आधारित रहेको छ कि कानबाट पानी निकाल्लनका लागि आवश्यक एक्सेलरेसन के हो । हामीले अध्ययनका लागि थ्री डी प्रिन्टेड इयर केनलको अलावा ग्लास ट्यूब्सको पनि परिक्षणका लागि लिएका थियौ । यसमा जुन एक्सेलरेसन थियो त्यो कुनै नवजातको कानको आकारको ग्रेभिटी फोर्सभन्दा १० गुणा बढी थियो । जसले तपाईको दिमागलाई नोक्सानी पु¥याउन सक्दथ्यो ।’