हृदयघातबाट कांग्रेस सिन्धुलीका पूर्वसभापतिको निधन

हृदयघातबाट कांग्रेस सिन्धुलीका पूर्वसभापतिको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण निधन भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेका खतिवडालाई बाटोमा हृदयघात भएको परिवारिक स्रोतले जनाएको छ ।

सोमबार बिहान गाडीमै हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए ।

खतिवडा पञ्चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् ।

खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आजै अन्त्येष्टी गरिने बताइएको छ ।