शुल्क समायोजनप्रति विद्यार्थी असन्तुष्ट, आन्दोलन गर्ने तयारी

शुल्क समायोजनप्रति विद्यार्थी असन्तुष्ट, आन्दोलन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ — अतिरिक्त शुल्क समायोजन गर्ने सरकार र मेडिकल कलेज सञ्चालकहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्साशास्त्रका विद्यार्थीले बुधबार आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । शैक्षिक सत्र ०७५ भन्दा पछिको मात्रै शुल्क समायोजन गर्ने बुँदामा विद्यार्थी असहमत भएका हुन् । एमबीबीएस र बीडीएसको मात्रै शुल्क समायोजन गर्ने सहमतिप्रति पनि विद्यार्थी असन्तुष्ट छन् ।

सहमतिको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीले भरतपुरमा प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडेरियाले सरकारले विद्यार्थीलाई झुक्याउन कलेज सञ्चालकहरूसँग सम्झौता गरेको जनाए ।

संघर्ष समितिले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी आन्दोलनलाई अझै सशक्त पार्ने जनाएको छ । ‘विद्यार्थीसँग बढी शुल्क लिएको प्रशस्त प्रमाण हुँदाहुँदै सरकारले मेडिकल कलेज सञ्चालकलाई संरक्षण गरेको देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी पक्षलाई छलफलमा नराखी माफियाकै प्रलोभनमा परेर गरिएको निर्णय मान्य हुँदैन ।’ याे समाचार कान्तिपुर दैनिकमा छ ।