साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार

साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाएर गोडामा बाँधेर उपचार गरिएको हो। लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल ल्याइएको थियो।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँधेर राखिएको खुलेको थियो।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए। ‘हामी आउँदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्तो व्यवहार भइरहेको छ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका थिए। यो खबर आजको जनता पोष्टमा छ।