नेपाल र ओमान राष्ट्रिय संग्राहलयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

नेपाल र ओमान राष्ट्रिय संग्राहलयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

गत सोमबार ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेका छन् ।

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयकाबीचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरीएको छ ।

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाललगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उक्त कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम , राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।