सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग

सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन्। अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान लिएर भएपति पूर्ति गर्ने शिक्षा मन्त्रालयको तयारी छ। सरकारी विद्यालयमा अहिले १ लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन्।

तीमध्ये स्थायी एक लाख ११ हजार १४५ र राहत कोटामा ४२ हजार ३७८ जना रहेको छ। मुलुकभर ३० हजार को हाराहारीमा सरकारी विद्यालय छन्। शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयमा क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका सहायक महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए। याे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।