धनुषामा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय, फेरि अर्को शंकास्पद वस्तु भेटियो

धनुषामा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय, फेरि अर्को शंकास्पद वस्तु भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले निष्क्रिय पारेको छ । संकमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे भेटिएको बम सोमबार बिहान सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

सोही बम निष्क्रिय पारेको ठाउँनजिकै फेरि अर्को शंकास्पद वस्तु भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उक्त शंकास्पद वस्तु बम हो या अन्य भन्नेबारेमा सेना अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ ।

केहि दिन अघिमात्रै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा प्रहरी अघिकारीसहित तीन जनाको ज्यान जानेगरि शक्तिशाली बम विस्फोट भएको थियो ।