काठमाडौं – सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलवार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरु दुवैले घुस वापतको रकम लिएपछि फिर्तासमेत गरेको भेटिएपछि अख्तियारले मंगलबार पक्राउ गरी हिरासतमा लिएको हो ।
प्रमुख प्रशासक र उप-प्रशासक रेग्मीले काठमाडौं महानगरपालिका–१ स्थित जग्गाबारे गुठी संस्थानमा चलिरहेको मुद्दाका क्रममा घुस लिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार उनीहरुले गुठीको जग्गा गुठीमै कायम गर्न लिएको घुस मंगलबारै फिर्ता गरेका थिए । उनीहरु दुवैजनालाई घुस वापतको रकम लिइसकेपछि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए ।




प्रतिक्रिया