प्रहरीलाई सफलताः काठमाडौंमा दिनदहाडै बालक अपहरण गर्ने अपहरणकारी पक्राउ

प्रहरीलाई सफलताः काठमाडौंमा दिनदहाडै बालक अपहरण गर्ने अपहरणकारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा तीन जना स्कुले बालक अपहरणमा परेका छन् । उनीहरुलाई अपहरण गर्ने अपहरणकारी पक्राउ परेका छन् ।

स्कुल जान लागेको बेला ‘मम्मीले बोलाउनुभएको छ’ भन्दै साथमा लिएर गइ बन्धक बनाइ बालककै नम्बरबाट बालकको आमालाई फोन गरेर उनीहरुले तीन लाख रुपैंया फिरौती मागेका थिए ।

प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको हो । १ जना फरार रहेको र उनको खोजी भइरहेको बताएको छ ।

ती तीन बालबालिकाकी आमा काम विशेषले पोखरा गएकी थिइन् । उनले तीन जना बच्चाहरुलाई सामाखुसीमा आफन्तको कोठामा छाडेर गएकी थिइन् । प्रहरीका अनुसार मंसिर ३० गते ती तीनैजना बालबालिका स्कुल जाँदै थिए ।

त्यही बेला कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमिहरूलाई होटलमा लगेर राख्नु भन्नुभएको छ’ भन्दै लगेका थिए । सिजापतिले उनीहरुलाई टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेका थिए ।

उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए । पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सिजापतिको खोजी जारी छ ।