चितवन – चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो ।
निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भन्नुभयो, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ । निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिनुभयो । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भन्नुभयो, हामी सफल भएका छाैं, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ । याे समाचार गाेरखापत्रमा छ।




प्रतिक्रिया