विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने शिक्षक बर्खास्त

विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने शिक्षक बर्खास्त

फाइल फाेटाे।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा– दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ओखलढुंगाका शिक्षक शिक्षक भूपाल राई बर्खास्त भएका छन्।

ट्यूशन पढाउने क्रममा दुईजना विद्यार्थीलाई कुटपीट गरेपछि  एक सोब्रु इङ्गिल स्कुलका शिक्षक राई बर्खास्तमा परेका हुन्।

राईले ३० फागुनमा ट्यूशन पढाउने क्रममा कक्षा ४ मा अध्ययनरत छात्राहरु उत्सव भण्डारी र सविन कट्वाललाई निलडाम हुने गरी कुटपीट गरेका थिए।

विद्यालयका निर्देशक सूर्यप्रकाश राईले कारवाही गरेको निर्णय बताए।