आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरायसी विवादको कारण काजिमानले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।