काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले भ्रमण वर्षको शुभकामना दिएकी छन् ।
काठमाडौं उपत्यकाका प्राचीन सम्पदामा खिचिएका तस्वीरहरू सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै राजदूत यान्छीले नेपालको सौन्दर्यको बर्णन गर्दै नेपाल भ्रमण गर्न योग्य रहेको बताएकी छन् ।
राजदूत यान्छीले ट्वीटरमा लेखेकी छन्, ‘वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ । इतिहास, विविधता र प्रकृतिको साथमा सुन्दर नेपाल यात्राका लागि योग्य छ ।’ साथै उनले नेपाली भाषामा नै भ्रमण वर्षको शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !’
उनको ट्वीट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि मेन्सन गरिएको छ ।
True beauty always touches the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful! @yogesbhattarai
२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना ! pic.twitter.com/uXXnYWu7Iv— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 31, 2019




प्रतिक्रिया