कालापानी विवादलाई नेपालले सानो मुद्दा मानेको छैन : राजदूत आचार्य


नयाँ दिल्ली – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विवादित कालापानी क्षेत्र नेपालकै भएको दाबी गरेका छन् ।

राजदूत आचार्यले यो मुद्धालाई यसै विषयबाट नेपाल–भारतबीचको द्विपक्षिय सम्बन्धमा तिक्तता आउनबाट रोक्नका लागि चाँडैनै सम्बोधन गरिनु पर्ने बताएको छन् ।

नेपालले यो विषयलाई चाँडै समाधान गर्नका लागि भारतमाथि दबाब बढाएसँगै उनको यस किसिमको अभिव्यक्ति आएको हो ।

भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेपछि कालापानी सीमा विवाद चर्किएको हो । जम्मु र कश्मिरको पहिचान भएपछि यो क्षेत्रलाई चीन–नेपाल– भारतको त्रिपक्षिय विन्दुको रुपमा समावेश गरिएको थियो ।

यो असाधारण सीमा विवादसँग सम्बन्धित विषयको समाधानका लागि नेपाल र भारतबीच विदेश सचिव स्तरिय संयन्त्र बनेको र कालापानी विवाद समाधान गर्न आवश्यक भएको आचार्यले बताए ।

‘सन् १८१५ मा भएको सुगौली सन्धिअनुसार कालापानी नेपालमा पर्छ,’ आचार्यले भने, ‘हामीलाई थाहा छ कि भारत संवादबाट भाग्न खोजिरहेको छैन, तर नेपाल यसलाई चाँडो सल्टाउन चाहन्छ । नेपालले कालापानीलाई सानो मुद्दा मानेको छैन । यो समाधान भएमा दुई देशबीच विश्वासको वातावरण पुनस्र्था्पित हुनेछ । यस्ता विवादहरुलाई लामो समय कचपल्टिन दिनु हुँदैन ।’

सुगौली सन्धी अनुसार पनि कालापानी नेपालकै भू–भाग भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement