काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले उखु किसानको ऋणबारे सरकारले आवश्यक कमद चाल्ने बताएका छन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री भट्टले उखु किसानहरुले दुःख पाइरहेको भन्दै सरकारले आवश्यक कदम चालिसकेको बताए ।
‘अहिले उखु किसानहरुले दुस्ख पाइरहेका छन् । अबदेखि उनीहरुले दुस्ख नपाउन भनेर कार्यदल बनाएका छौं’ उनले भने ‘उखुको तौल अनुसार भुक्तानी पाउन भनेर मन्त्रालय लागि परेको छ । कार्यदलले किसानको ऋणबारे अधययन गरेर ल्याएपछि आवश्यक कदम चलाउँछौं ।’
मन्त्री भट्टले चिनी तस्करी अहिले रोकिएको बताए । ‘सीमा क्षेत्रका जनताले प्रयोग गर्न २र४ किलो चिनी ल्याए होलान् तर व्यवसायी गर्न भने भारतबाट चिनी आएको छैन् ।’
त्यस्तै मन्त्री भट्टले लुम्बिनी चिनी मिल सरकारले नै सञ्चालन गर्ने की के गर्नेभन्ने विषयमा अध्ययन गरिरहेको बताए । उनले भने ‘वीरगञ्ज चिनी कारखाना पनि कुन मोडलमा सञ्चालन गर्ने भनेर गृहकार्य गरेका छौं । व्यवसायीको समस्या वीउमा छ । हाइब्रिड उखुको वीउ नभएकाले समस्या भयो ।’
लामो समयसम्मको भुत्तानी नपाएको किसानले कतैबाट सहयोग नपाएपछि राजधानी केन्द्रित आन्दोलन गर्न सुरु गरेका छन् ।




प्रतिक्रिया