काठमाडौं – सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बरुदिवास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।
साहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया