पदभार सम्हाले लगत्तै के भनिन् खानेपानीमन्त्री बिनाले?

पदभार सम्हाले लगत्तै के भनिन् खानेपानीमन्त्री बिनाले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले खानेपानीका लागि सर्वसाधारणले गर्नुपरेको संघर्ष न्यूनिकरण गर्नु आफ्नो प्राथमिकता भएको बताएकी छन्।

मन्त्री नियुक्त भएपछि मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मगरले भौगोलिक विकटताका कारण पहाडी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले खानेपानीका लागि ३–४ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको सम्झिइन्।

‘काठमाडौंमा मेलम्ची खानेपानी आयोजना पूरा गर्नुपर्ने छ, पहाडी जिल्लामा खानेपानीका लागि ३–४ घण्टा उकालो–ओरालो जानुुपर्ने सर्वसाधारणका बाध्यता छन्,’ मन्त्री मगरले भनिन्, ‘जनताले खानेपानीका लागि गर्नुपरिरहेको संघर्ष न्यूनिकरण गर्दै सुविधा प्रदान गर्नु हाम्रो उद्देश्य हुुनुपर्छ ।’

हरेक नागरिकलाई खानेपानी आवश्यक पर्र्ने र खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयको महत्व धेरै रहेको उनले बताइन्। ‘मन्त्रालयमा म भनेर होइन हामी भनेर काम गरौं । यो मन्त्रालयको महत्व र आकार हामी के गर्छाै र कति गर्न सक्छौं भन्ने कुराले निर्धारण गर्छ,’ उनले भनिन्, ‘जनतालाई खानेपानीको अधिकार दिन सके हामी जनताको मन, मस्तिष्क र हृदयमा बस्न सक्छौं ।’

खानेपानी तथा सरसफाई मन्त्रालयलाई बढी प्रभावकारी बनाउन कर्मचारीले क्षमता प्रष्फूटन गर्नुपर्ने उनले बताइन् । मन्त्रालय अन्तर्गत सरसफाई व्यवस्थापन समेत रहेकाले घरघरमा शौचालय निर्माण गर्न मन्त्रालयले प्रभावकारी कार्यक्रम ल्याउने मन्त्री मगरले बताइन्। मन्त्रालयका कर्मचारीले सचिव गजेन्द्रकुमार ठाकुरको सभापतित्वमा स्वागत कार्यक्रम समेत आयोजना गरेका थिए।