अनेरास्ववियूका केन्द्रीय सदस्यद्वारा सपथ ग्रहण

अनेरास्ववियूका केन्द्रीय सदस्यद्वारा सपथ ग्रहण


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् ।

तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । नेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ ।

अनेरास्ववियू नेता दिपेश पुनका अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् ।

यस अघि अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।