उपसभामुख तुम्बाहाम्फे विरुद्ध खनिए नेकपा नेता गजुरेल

उपसभामुख तुम्बाहाम्फे विरुद्ध खनिए नेकपा नेता गजुरेल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहांले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहां नै सभामुख बन्ने हो पनि उहांले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’

उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहांले राजीनामा दिनुहुन्छ । उहां पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहां आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहांले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउं, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहांले मार्गप्रशस्त गर्नुपर्यो । उहां नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’

तथा पूर्वमन्त्री समेत रहेका नेता गजुरेलले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर–सेयरिङ’ जारी रहने दाबी गरे ।