काठमाडौं – सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कानुन लगायतका विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले थापाले पुस २८ मा सातै प्रदेशबाट प्राप्त भएको सुझावलाई समेटेर ऐन संशोधन गर्ने सहमति भएको बताए । ‘द्वन्द्वकालीन मुद्दाहरुलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्रीको आह्वानमा बसेको दुई दलको बैठक निर्णयमा पुगेको छ’, सल्लाहकार थापाले भने, ‘कानुन निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भयो ।’
स्रोतकाअनुसार कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउन शीर्ष नेतृत्वहरु सहमत भएका हुन् । बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत नेताहरूको सहभागिता थियो




प्रतिक्रिया