उपसभामुखमा राजपा र कांग्रेसकाे दाबी, कसले मार्ला बाजी ?

उपसभामुखमा राजपा र कांग्रेसकाे दाबी, कसले मार्ला बाजी ?


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुख माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई राष्ट्रियसभा र सभामुखमा समर्थन गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष राजेन्द्र महतोले सभामुखमा समर्थन गरेका कारण उपसुभामुख आफूहरुले पाउनुपर्ने बताएका छन् ।

‘हामीले राष्ट्रियसभा र सभामुखमा नेकपालाई समर्थन गरेका छौँ’, अध्यक्ष महतोले भने, ‘त्यसैले उपसभामुखमा हाम्रो दावी छ, हामी नेकपाको प्रतीक्षामा छौँ ।’

सभामुख र राष्ट्रियसभामा समर्थन गरेका कारण राजपाले उपसभामुख पाउने सम्भावना रहेको छ । उपसभामुखमा कांग्रेसले पनि दाबी गर्दै आइरहेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस नेताहरुसँग उपसभामुखकाे विषयमा कुराकानी भइरहेकाे स्राेतले जानकारी दियाे । अध्यक्ष प्रचण्ड उपसभामुख कांग्रेसलाई दिन सकारात्मक रहेका छन् । उनले सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको स्रोतले जानकारी दियो ।

यदी कांग्रेसले सभामुखमा समर्थन जनाए उपसभामुख पाउने रहेकाे  स्राेतकाे दाबी छ । उपसभामुखमा राजपा र कांग्रेस कसले बाजी मार्छन त्याे भने हेर्न बाँकी नै छ ।

नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्ण समर्थनमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।