वायुसेवा निगमका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

वायुसेवा निगमका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमका नेपाली पाइलटले सामूहिक राजीनामा दिएका छन् । नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् ।

निगमको इतिहासमै पहिलो पटक यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका हुन् । निगमको अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरुले राजीनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । अन्य नेपाली पाइलटले पनि राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दियो ।

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटको छ ।

राजीनामा दिएका नेपाली पाइलटको दुई वटा माग छन् । पहिलो, विदेशी पाइलटको ट्याक्स निगमले तिरिदिए जस्तै नेपाली पाइलटको पनि तिर्नुपर्ने बताएका छन् । अर्को, ट्याक्स तिर्न नसक्ने भए नेपाली पाइलटलाई करारमा लिनुपर्ने । निगममा स्थायी भएर मात्रै केही नभएको भन्दै कि ट्याक्स तिरिदिनुपर्ने कि करारमा काम लगाउनुपर्ने ती पाइलटहरुको माग छ ।

नेपाली पाइलटहरुले जनवरी १७ अर्थात् माघ ३ गतेदेखि नै यसबारे जानकारी गराइसकेका थिए । एकैपटक नेपाली पाइलटहरुले राजीनामामा हस्ताक्षर गर्न नसक्दा बिहीबार मात्रै राजीनामा बुझाएका हुन् ।