सभामुख चयन प्रक्रिया सुरु (लाइभ)

सभामुख चयन प्रक्रिया सुरु (लाइभ)


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भएसँगै रिक्त सभामुखको निर्वाचन चयन सुरु भएको छ ।

सभामुखमा नेकपाका तर्फबाट अग्नि सापकोटाको मात्र एकल उमेदवारी परेको छ । अहिले उनका प्रस्तावक सुवास नेम्वाङले सापकोटाको नाम सभामुखमा प्रस्ताव गरेका छन् ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि सभामुख पद रिक्त छ।