प्रहरी परिसरबाट आस्थाले भनिन् : कानुनअनुसार कारवाही भोग्न तयार छु

प्रहरी परिसरबाट आस्थाले भनिन् : कानुनअनुसार कारवाही भोग्न तयार छु


काठमाडौं – गायिका आस्था राउतले आफु कानुनुअनुसार कारबाही भोग्न तयार रहेको बताएकी छन् । सोमबार महानरीगय प्रहरी परिसर पुगेकी आस्थाले सञ्चारकर्मीसँग बोल्दै कानुनभन्दा ठूलो केही नभएको र कानुनअनुसार जे कारवाही हुन्छ, त्यो भोग्न तयार रहेको बताइन् ।

विमानस्थलमा चेक जाँचका क्रममा गत माघ १ गते ड्युटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठको आफूलाई दुव्र्यवहार गरेको भन्दै उजुरी गरेपछि राउतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसबेला सिक्किमको कार्यक्रममा गएकी आस्था परिवारको सहयोगमा सोमबार प्रहरीको सम्पर्कमा आएकी हुन् । उनले भनिन्, ‘म कानुनलाई सहयोग गर्न आएको हुँ । उहाँहरुले सौहार्दतापूर्ण वातावरणमा मलाई कुरा राख्न दिनुभयो । कानुनभन्दा माथि कोहीपनि छैन । म पनि छैन । कानुनअनुसार जे मलाई हुन्छ त्यो सहर्ष स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौं भन्न चाहान्छु ।’

अभद्र व्यवहार गरेको आरोप लागेकी राउतलाई प्रहरीले सरकारी वकिलमार्फत प्रशासनमा सोमबार नै पेस गरी मिलापत्र गरेर छाड्ने तयारी गरेको छ ।